एनआइसी एसियाको लुम्बिनी क्षेत्रीय कार्यालयअन्तर्गत १४ नयाँ शाखा र १ एक्सटेन्सन काउण्टर

Advertisement

काठमाडौंः शाखा तथा एटिएम सन्जालको आधारमा देशको सबैभन्दा ठूलो बैंक बनेको एनआइसी एसिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत १४ स्थानमा नयाँ शाखा कार्यालय र एक एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

बैंकले बिहीबार फरक फरक समारोहबीच तीन शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । आजदेखि सञ्चालनमा आएका शाखामध्ये चौराहा शाखाको नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोक पौडेलले उदघाटन गरे ।

बुटवलकै राममन्दिर लाइन शाखाको उदघाटन बुटवल उपमहानगरपालिकाका उपमेयर गुमादेवी आचार्य, भलवारी शाखाको उदघाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, परासीबजार शाखाको उदघाटन रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताले गरे ।

त्यस्तै, तौलिहवा शाखाको उदघाटन तौलिहवा नगरपालिकाका मेयर किरण सिंह, पुतलीबजार शाखाको उदघाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, नवलपरासी शाखाको उदघाटन सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले गरे ।

त्यस्तै, चन्द्रोटा शाखाको उदघाटन शिवराज नगरपालिकाका मेयर नेत्रप्रसाद अधिकारी, लुम्बिनी शाखाको उदघाटन लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, बुद्धचोक शाखाको उदघाटन सिद्धार्थ नगरपालिकाका मेयर हरि अधिकारीले गरे ।

त्यस्तै, ड्राइभरटोल शाखाको उदघाटन तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले, पकडी शाखाको उदघाटन मायादेवी गाउँपालिकाका अध्यक्ष बजरङ्गी चौधरीले मझगाँवा शाखाको उदघाटन कोटहिमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले, लवनी शाखाको उदघाटन शुद्धोधन गाउँपालिकाका मेयर निसार अहमद खाँले र महाराजगञ्ज एक्सटेन्सनको उदघाटन महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामले गरे ।

एनआइसी एसियाको मुलुकभर २२४ शाखा, २१८ एटिएम, १४ एक्सटेन्सन काउण्टर, ११ शाखारहित बैंकिङ इकाई पुगेको छ ।

Advertisement

Advertisement

Advertisement