समूह एचबाट कोलम्बिया र जापान नकआउट चरणमा, हारेर पनि राम्रो खेलेकाले जापान उक्लिन सफल

Advertisement

मस्कोः जारी विश्वकप फुटबलअन्तर्गत बिहीबार भएको समूह ‘एच’का दुई खेलबाट कोलबिया र जापान अन्तिम १६ मा प्रवेश गरेका छन् । सेनेगललाई १-० ले हराउँदै कोलम्बिया समूह बिजेताको रुपमा नकआउट चरणमा (अन्तिम १६ मा) प्रवेश गरेको छ ।

सँगै भएको अर्को खेलमा पोल्यान्डसँग १-० ले पराजित भए पनि जापान फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । जापानको खेल उत्कृष्ट हुँदाहुँदै पनि आज गोल गर्न भने असफल भयो ।

जापान र सेनेगलको अंक र गोल भिन्नता बराबरी भए पनि जापानले फेयर प्लेका आधारमा अन्तिम १६ मा स्थान बनाएको हो । समूह चरणका तीन खेलमा जापानले चार वटा मात्रै पहेंलो कार्ड पायो भने सेनेगलले ६ वटा पहेंलो कार्ड पाएको छ ।

Advertisement

Advertisement

Advertisement