बिरामी लिन जाने क्रममा सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना

Advertisement

काठमाडौंः बिरामी लिन जाने क्रममा सिम्रिक एयरको हेलिकप्टर ग्रान्डी अस्पतालमा शनिबार दुर्घटना भएको छ । सिम्रिक एयरको ९एन एएलआर हेलिकप्टर दुर्घटना भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले हेलिकप्टर अवतरणका लागि भन्दै आफ्नो छतमा हेलिप्याड बनाएको छ । सोही हेलिप्याडमा अवतरण गर्न लागेको बेला हेलिकप्टर दुर्घटना भएको अस्पतालले जनाएको छ । हेलिकप्टरका क्याप्टेन हरेराम थापा सकुशल रहेको र हेलिकप्टरमा सामान्य क्षति पुगेको जनाइएको छ ।

हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको भन्दै ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको बताए ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएपछि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । अधिकारीले चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा अवतरण गरेको थियो ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले अवतरणको क्रममा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए । उनले दुर्घटनामा हेलिकोप्टरको पखेटामा क्षति पुगेको भए पनि अन्य कुनै मानवीय क्षति भने नभएको बताए ।

Advertisement

Advertisement

Advertisement