तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले तेह्रथुमको लालिगुराँस नगरपालिकास्थित बसन्तपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको स्थापना गरेको छ । सञ्चालक समितिका सदस्य रबीन्द्रलाल श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बसन्तपुर क्षेत्र व्यापारीक हिसाबले महत्वपूर्ण भएकाले सो क्षेत्रको व्यापारलाई सहयोग पर्याउने बताए । उनले स्थानीयलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले शाखा स्थापना गरेको बताए ।

राष्ट्रिय वाणिज्य बैंकको हाल ६९ जिल्लामा एक सय ९२ वटा शाखा कार्यालय, एक सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

Advertisement

Advertisement

Advertisement