इन्टरनेट बैंकिङ सेवा सञ्चालनका लागि कृषि विकास बैंक र एफवान सफ्टबीच सम्झौता

Advertisement

काठमाडौंः कृषि विकास बैंकले इन्टरनेट बैंकिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । बैंकले एफवान सफ्ट इन्टरनेसनलसँग इन्टरनेट बैंकिङ सेवाका लागि आइतबार सम्झौता गरेको हो ।

इन्टरनेट बैंकिङ सेवाको प्रयोगमार्फत बैंकका उपभोक्तले आफ्नो खाताका बारेमा पूर्ण जानकारी लिन, स्टेटमेन्ट हेर्न, रकम ट्रान्सफर गर्न तथा बिभिन्न बिलहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

व्यावसायिक प्रयोजनका लागि पनि इन्टरनेट बैंकिङमार्फत तलब ब्यवस्थापन र दुईवटा सहीमार्फत चल्ने खाताको व्यवस्थापन गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यस सेवामार्फत उपभोक्ताले अन्य ४५ वटा बैंकहरुसँग अन्तरबैंकिङ कारोबार गर्न तथा ई–सेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका थिए ।

एफवान सफ्ट कम्पनीले नेपालका लागि ९० प्रतिशतभन्दा बढी बित्तिय संस्थाहरुलाई इन्टरनेट बैंकिङ सेवा दिँदै आएको छ । सन् २००४ मा स्थापना भएको एफवान सफ्टमा प्रविधि विकास तथा व्यवस्थापनका लागि तीन सय ५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

Advertisement

Advertisement

Advertisement