सन् २०१० को विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रुस क्वाटरफाइनलमा

Advertisement

मस्कोः सन् २०१० को विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक रुस जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयसम्म एक एकको बराबरीमा खेल रोकिएपछि पेनाल्टी सुटआउटबाट नजिता निकालिएको हो ।

यसअघि पनि पटक पटक पेनाल्टी सुटआउटमा पराजित हुँदै आएको स्पेनलाई यस पटक पनि समयले साथ दिन सकेन । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा रुससँग १–१ बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पेनले दुई पटकसम्म पेनाल्टी मिस गर्दा रुस ४ ३ ले विजयी भएको हो । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै रुसलाई निकै दबाबमा राखे पनि खेलमा प्रतिरक्षात्मक खेलका सामु उसको केही लागेन ।

खेलमा स्पेनको अग्रतालाई रुसले ४१ मिनेटमा रोक्न सफल भएको थियो । त्यसपछिका दुवै पक्षका प्रयासहरु कुनै पनि गोलमा परिणत हुन सकेनन् । खेलको १२ औँ मिनेटमा आत्माघाती गोल गरेको रुसलाई ४१ मिनेटमा रेफ्रीले पेनाल्टीको मौका दिएका थिए । सोही पेनाल्टीमार्फत १–१ को बराबरी बनाएको रुस गोल गर्ने भन्दा पनि रक्षात्मक खेलमा लाग्यो । रुसको डि बक्सभित्र स्पेनका डिफेन्डर जेरार्ड पिकेले ह्यान्ड गरेपछि रुसले पेनाल्टी पाएको थियो ।

Advertisement

Advertisement

Advertisement