नागवेली लघुवित्तले शतप्रतिसत हकप्रद सेयर निष्कासन गर्ने

Advertisement

काठमाडौंः नागवेली लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हाल सात करोड ६६ लाख ४६ हजार तीन सय १५ रुपियाँ चुक्ता पूँजी रहेको छ ।

नागवेलीले एक कित्ता सेयर बराबर एक कित्तानै हकप्रद दिने भएको हो । अर्थात सात करोड ६६ लाख ४६ हजार तीनसय १५ रुपियाँकै हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

हकप्रद सेयर आवेदनका लागि यही साउन चार गतेदेखि भदौ सात गतेसम्म भर्न सकिने कम्पनीले जनाएको छ । यही असार २१ सम्म कायम रहेका सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सेयर धनीहरुले एनएमबि क्यापिटल, एनएमबि बैंकका बिभिन्न शाखा, नागवेली लघुवित्त, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्स, कामना सेवा बैंक र सी आस्वा लागू भएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल नागवेली लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्जमा प्रतिकित्ता दुई हजार चार सय ८० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement