बलिउड फिल्म ‘सञ्जू’ ले तीन दिनमा १ सय २० करोड कमायो

Advertisement

बलिउड एक्टर रणबीर कपूर बक्सअफिसमा छाएका छन् । निर्देशक राजकुमार हिरानीको फिल्म ‘सञ्जू’ ले पहिलो दिनदेखि कमाईको मामलामा बक्सअफिसमा हंगामा मच्चाइरहेको छ ।

यो फिल्मले पहिलो दिन ३४ दशमलव ७५ र दोस्रो दिन ३८ दशमलव ६० करोड कमाएको थियो । अब यस फिल्मको तेस्रो दिनको कलेक्सन रिपोर्ट पनि सार्वजनिक भएको छ । ‘सञ्जू’ को तेस्रो दिनको कमाईले सबै फिल्मलाई पछाडि छाड्दै टप वान मा आफ्नो स्थान बनाएको छ ।

ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार फिल्मले प्रदर्शनको तेस्रो दिनमा ४६ दशमलव ७१ करोडको कलेक्सन गरेको छ । यस हिसाबबाट ‘सञ्जू’ ले तीन दिनमा कूल १ सय २० करोडको कमाई गरेको छ ।

पहिलो विकेन्डमा १ सय २० करोड कमाउन सफल रणबीर कपूरको ‘सञ्जू’ ले बक्सअफिसमा कमाईको मामलामा सबै फिल्मलाई पछाडि छाडेको छ । यसभन्दा पहिला यो रेकर्ड बलिउडका ‘दबंग’ सलमान खानको फिल्म ‘टाइगर जिन्दा हे’ को नाममा थियो ।

फिल्ममा सञ्जय दत्तको भूमिकामा रणबीर कपूरले सानदार अभिनय गरेका छन् । अहिले उनको कामको चौतर्फी प्रशंसा भइरहेको छ । ‘सञ्जू’ ले रणबीरलाई अहिलेसम्मकै सबैभन्दा ठूलो गिफ्ट दिएको छ । यो उनकोे करिअरको सबैभन्दा ठूलो ओपनिङ फिल्म बनेको छ ।

‘सञ्जू’ मा सुनील दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनीषा कोइराला र मान्यता दत्तको भूमिकामा दिया मिर्जा छन् । यस्तै उक्त फिल्ममा सोनम कपूर र अनुष्का शर्मा पनि छन् ।

Advertisement

Advertisement

Advertisement