विश्व फुटबल हस्तीहरु एकपछि अर्कोले घुँडा टेकेको बेला आज ब्राजिललाई मेक्सिको भारी पर्नसक्ने

Advertisement

मस्कोः विश्वकप फुटबलको जारी २१औं संस्करणमा सशक्त टिमको रुपमा चिनिएका जर्मनीदेखि अर्जेन्टिना, स्पेन जस्ता टिमहरु पराजित हुँदै गएको बेला सोमबारको प्रिक्वाटरफाइनलको खेलमा पाँच पटकको विश्वकप बिजेता ब्राजिलले म्याक्सिकोको सामना गर्दैछ ।

उपाधि दावेदारीका लागि विश्व फुटबलमा नयाँ टिमहरु सशक्तरुपमा अगाडि बढिरहेको ब्राजिललाई मेक्सिकोले कडा चुनौति दिने देखिएको छ । यसअघि घरेलु मैदानमा त्यति राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिल यस पटक छैटौं पटक विश्वकप जित्ने दाउमा छ ।

अहिलेसम्म उपाधि हासिल गर्न नसकेका नयाँ टिमहरु नयाँ जोश र नयाँ रणनीतिका साथ प्रस्तुत भइरहेको बेला ब्राजिललाई पनि मेक्सिको भारी पर्नसक्ने अनुमान कतिपयको छ । समूह चरणको खेलमा ब्राजिलले ७ अंकसहित अन्तिम १६ मा प्रवेश गरेको हो भने मेक्सिको ६ अंकसहित सोही चरणमा प्रवेश गरेकाले हो ।

समूह चरणको खेलमा एक खेलमा पराजित भए पनि दुई खेल जित्न सफल मेक्सिकोलाई कमजोर टिमको रुपमा लिन नमिल्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । समूह चरणको खेलमा ब्राजिलले स्विट्जरल्यान्डसँग १—१ गोलको बराबरी तथा कोस्टारिकालाई २—० र सर्बियालाई २—० गोलले हराउँदै अघि बढेको हो ।

तर, आफ्नो पहिलो खेलमै साबिक विजेता जर्मनी जस्तो बलियो प्रतिद्वन्द्वीलाई १—० गोलले हराएपछि मेक्सिकोको मनोबल भने निकै उच्च बनेको छ । दोस्रो खेलमा एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई २—० गोलले हराएको मेक्सिको समूहगत चरणको अन्तिम खेलमा भने स्विडेनसँग ०—३ गोलले पराजित भएको थियो ।

यस पटकको खेलमा अनपेक्षित परिणामहरु आएकाले पनि आज हुने ब्राजिल र मेक्सिकोको खेल कस्ले जित्छ ? सहजै अनुमान लगाइहाल्ने अवस्था छैन । अघिल्ला विश्वकपहरुमा चार पटक भिडिसकेका यी दुई टिम तीन खेलमा ब्राजिल विजयी भएको थियो भने एक खेल गोलरहित बराबरीमा सकिएको थियो । तर, अहिले मेक्सिकोले आफ्नो खेल्ने शैलीमा निकै परिवर्तन र सुधार गरिसकेको छ ।

बलियो रक्षापंक्तिका कारण पछिल्ला १४ खेलमा तीन गोलमात्र खाएको ब्राजिलसँग भिडन उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा मेक्सिनो छ । ब्राजिललाई कम्तिमा बराबरीमा रोक्न सकिएर पेनाल्टी सुटआउटबाट नतिजा निकाल्ने अवस्था सिर्जना भए नजिता आफ्नो पक्षमा आउने आशा मेक्सिकोको टिमको छ ।

Advertisement

Advertisement

Advertisement