समग्र निजी क्षेत्रलाई नेतृत्व गर्ने व्यक्ति सार्वजनिक कार्यक्रममा रक्सीको नसामा मस्त

Advertisement

काठमाडौंः तस्विरमा देखिएका व्यक्ति निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा हुन । महासंघको विधानअनुसार अबको महाधिवेशनपछि यिनै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन् ।

समग्र निजी क्षेत्रलाई नेतृत्व गर्ने व्यक्ति सार्वजनिकरुपमा अनियन्त्रित हुनेगरी उनी थप्दै मदिरा सेवन गर्दै थिए । तस्विर लिन खोज्दा उनी रक्सीको गिलास लुकाउने र छोप्ने प्रयास गर्थे । त्यसमाथि मिडिया सेक्टरले नै आयोजना गरेको कार्यक्रममा मदिरा सेवन गर्नु गोल्छाको अर्को कमजोरी देखिन्छ ।

तस्विरको दृश्य केही दिनअघिको राजधानी काठमाडौंको एक होटलको हो । एउटा सार्वजनिक समारोह सम्पन्न भएपछि बेलुकी गोल्छासहित केही व्यवसायी मदिरा सेवनमा लागेका थिए । सँगै रहेका महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, व्यवसायी साहिल अग्रवालले सफ्ट ड्रिङ्स मात्रै लिएर आफ्नो मर्यादामा देखिन्थे । निकै रक्सी सेवन गरेर नियन्त्रण बाहिर जाने स्थिति आएपछि गोल्छालाई अन्य साथीहरुले कन्ट्रोल गर्ने प्रयास गरेका थिए । नशामा लट्ठ भइसकेपछि गोल्छा आयोजकलाई गाली गर्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

मदिरा सेवन गर्नु व्यक्तिगत कुरा भए पनि पब्लिक फिगरहरुले सार्वजनिक ठाउँमा बसेर मदिरा सेवन गर्नु तर्कसंगत हुँदैन । पश्चिमी समाजले जस्तो पूर्वीय समाजले मदिरा सेवनलाई खुल्ला र सहजरुपमा लिँदैन । त्यसमाथि शेखर गोल्छा जस्ता व्यक्तिहरुले सार्वजनिक स्थान बसेर रक्सी सेवन गर्दा नयाँ पुस्ताहरुमा त्यसको सहजै प्रभाव पर्ने हुन्छ ।

शेखर गोल्छा नेपालको नाम चलेको औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका व्यक्ति हुन । त्यही ब्राण्डका कारण उनी महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष हुने अवस्थामा पुगेका छन् ।

तर, उनको सोचाई संक्रिण रहेको र प्रतिवद्धताअनुसार काम नगर्ने गरेको भन्दै गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले उनको साथ छोडिदिएका छन् । ढकालले गोल्छा साम्रदायिक सोचका व्यक्ति रहेको र समग्र व्यवसायीको हितको लागि काम गर्नुपर्नेमा मारवाडी समुदायको मात्रै पक्ष लिने गरेको आरोप लगाएका छन् ।

Advertisement

Advertisement

Advertisement