कतै बाढी, कतै पहिरोको समस्या, एक दर्जनभन्दा बढिको मृत्यु

Advertisement

काठमाडौंः गएको शनिबारदेखि नै सुरु भएको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मुलुकभर कम्तिमा एक दर्जनको मृत्यु भएको छ भने करोडौं मूल्यको सम्पत्ति क्षति भएको छ । निरन्तरको बर्षाले पहाडी क्षेत्रको पहिरोको समस्या छ भने तराईका थुप्रै स्थानहरु डुवानमा परेका छन् ।

मनसुन सक्रिय भएसँगै झापादेखि बर्दियासम्मका विभिन्न भूभाग डुबानमा परेका छन् । बाढीको कारण बाँकेमा चार जना, रोल्पामा तीन जना, दाङ, पर्सा, कैलाली, सिन्धुरी, काठमाडौंमा एक एक जनाको मृत्यु भएको समाचार छ । पर्सामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने कैलालीमा घर भत्किएर एक जनाको मृत्यु र एकजना घाइते भएका छन् ।काठमाडौंमै एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले ११ जनाको मृत्यु भएको र दुई जना हराइरहेको जनाएको छ ।

अविरल बर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा याताया सेवा अवरुद्ध भएका छ । पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम जारी रहँदा पहिरो हटाउने काममा समस्या भएको जनाइएको छ । पहिरोकै कारण कर्णाली राजमार्ग पनि बन्द भएको छ ।

यता काठमाडौंमा भारी बर्षापछि पानी जम्दा यातायातमा समस्या भएको छ । पानीको निकास राम्रो नहुँदा हरेक बर्ष बर्खामा काठमाडौं यस किसिमको समस्या आउने गरेको छ ।

Advertisement

Advertisement

Advertisement