असार १८ सम्म जम्मा २२ प्रतिशत मात्रै धान रोपाईं

Rice_plantation

काठमाडौंः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले असार १८ गतेसम्म जम्मा २२ दशमलव ०७ प्रतिशत रोपाईं सकिएको जनाएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार १५ लाख ५२ हजार हेक्टर धान रोपाईंका लागि योग्य जमिनमध्ये अहिलेसम्म तीन लाख ४२ हजार हेक्टरमा मात्रै रापाईं सम्पन्न भएको छ ।

सबैभन्दा धेरै उच्च पहाडी क्षेत्रमा ३८ प्रतिशतभन्दा बढि छ भने मध्य पहाडमा करिव ३० प्रतिशत र तराईमा १८ दशमलव ६५ प्रतिशत रोपाईं भएको छ । त्यस्तै, सुदूरपश्चिमाञ्चलमा ५० प्रतिशतभन्दा बढि रोपाईं सम्पन्न भइसकेको छ ।

जिल्लाअनुसार सबैभन्दा धेरै धान रोपाई हुनेमा जुम्ला र डोल्पा सत प्रतिशत छ भने सबैभन्दा कम रोपाईं हुनेमा सप्तरी एक प्रतिशत मात्रै छ । आकासे पानीमा निर्भर नेपालको मुख्य बाली धानको रोपाई कम हुनुमा यस बर्ष मनसुन केही ढिलो हुनु प्रमुख कारणको रुपमा देखिन्छ ।