एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएको शिशुको जन्म

Advertisement

धनगढीः कैलालीको टीकापुर अस्पतालमा मं‍गलबार बिहान अनौठो शिशु जन्मिएको छ। जन्मिने वित्तिकै शिशुको भने मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा मंगलबार बिहान यस्तो अनौठो बच्चा जन्माएकी हुन्। बिहान करिब ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। नरेन्द्रकुमार खनालले बताए।

सोमबार राति व्यथाले च्यापेपछि सीतालाई अस्पताल ल्याइएको थियो। ुउहाँको गर्भावस्थामै अनौठो बच्चा रहेको पहिले नै थाहा थियो, डा‍‍‍। खनालले भने, ुतर बच्चा बचेन।ु शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले बताएको छ। रासस

Advertisement

Advertisement

Advertisement