सनराइज क्यापिटल लिमिटेडले मनायो रजत जयन्ती

Advertisement

काठमाडौंः सनराइज क्यापिटल लिमिटेडले पूँजी बजारमा मर्चेण्ट बैंकिङसम्बन्धी काम सुरु गरेको २५ वर्ष पूरा भएको अवसरमा सोमबार रजत जयन्ती कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डकोे अध्यक्ष रेवतबहादुर कार्कीलगायतका व्यक्तिहरु सहभागी थिए ।

देशमा पुँजी बजारको विकासका लागि मर्चेन्ट बैकिङ सेवा प्र्रदान गर्ने उद्देश्यले पहिलो मर्चेन्ट बैकिङ कम्पनीको रुपमा २०४९ सालमा एनआईडीसी क्यापिटल मार्केट लिमिटेड स्थापना भएको थियो । सोही कम्पनीको सहायक कम्पनीको रुपमा २०६७ सालमा एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड स्थापना गरी आप्mनो सेवा प्रदान गर्दै आएकोमा एनआईडीसी क्यापिटल मार्केट्सलाई सनराईज बैंकले प्राप्ती गरेपछि गत बर्ष जेठ १० गते एनसीएम मर्चेण्ट बैंकिङको नाम परिवर्तन गरी सनराईज क्यापिटल लिमिटेडको नामबाट आफ्नो सेवालाई निरन्तरता प्रदान गरी आएको छ ।

यस २५ बर्षे अवधिमा कम्पनीले ८२ वटा प्राथमिक शेयर निष्कासन र ७७ कम्पनीको हकप्रद निष्कासन गर्नुको साथै ३२ वटा कम्पनीको शेयर प्रत्याभुति गरिसकेको जनाएको छ । कम्पनीले ३४ वटा कम्पनीको शेयर रजिष्ट्रारको कार्य गरिसकेकोमा हाल १२ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गरि आएको छ ।

पँुजी बजारको क्षेत्रमा पहिलो मर्चेण्ट बैंकिङका रुपमा स्थापित यस कम्पनीले शेयर रजिष्ट्रार, शेयर निष्काशन, प्रत्याभुति तथा पोर्टफोलियो सेवाहरु प्रदान गर्दै आउनुको साथै नेपालको पहिलो सामुहिक लगानी कोष– एनसीएम फष्ट म्युचुअल फण्डको शुरुवात २०५० सालमा गरेको थियो । त्यसपछि २०५९ मा दोस्रो सामुहिक लगानी कोष– एन सीएम म्युचुयल फण्डको सञ्चालन गरेकोे थियो ।

यस कम्पनीले ग्राहकहरुलाई थप सेवाहरु प्रदान गर्ने क्रममा इन्भेष्टमेन्ट बैंकिङ विभागको स्थापना गरी सो अन्तर्गत पोर्टफोलियो व्यवस्थापनको कार्य थालनी गरेको र नेपाल धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा आयोजित पहिलो पुँजी बजार प्रदर्शनीमा सोको औपचारिक रुपमा शुरुवात गरिएको जनाएको छ ।

सनराइज बैकको सहायक कम्पनी कायम भएपछि सामुहिक लगानी कोष २०६७ को नियमावली बमेजिम सामुहिक लगानी कोष संचालन गर्न सनराइज म्युचुअल फण्ड सामुहिक लगानी कोषको दर्ता गरि धितोपत्र बोर्डबाट मिति २०७५ असार १७ गते फण्ड स्पोन्सरको स्वीकृती प्राप्त भइसकेको र निकट भविष्यमा नै अन्य आवश्यक व्यवस्थासहित बजारको समय सापेक्ष सामुहिक लगानी कोष निष्काशन गरी निरन्तरता दिने जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement