कतारको जेलमा सजाय काटिरहेका १७ नेपाली कैदीलाई आममाफी, अन्यलाई पनि आममाफीको पहल

Advertisement

दोहाः कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ नेपालीलाई यहाँको सरकारले आममाफी दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतार सरकारले उनीहरुलाई आममाझी दिएको हो ।

आममाझीका लागि कतार सरकारसँग अपिल गरिएअनुसार १७ कैदीले आममाझी पाएका छन् भने अन्यलाई पनि आममाझीका लागि पहल भइरहेको जनाइएको छ । कतारका विभिन्न जेलमा सजाय काटिरहेका अन्य २९ जनालाई पनि आममाफीको प्रक्रिया अघि बढेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दुतावासले विज्ञप्ति जारी गर्दै कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कैदी बन्दीहरुलाई नियमानुसार आममाफी दिन कतार सरकारसँग अनुरोध गरे अनुसार १७ जनाले आममाफीको अवसर पाएको जनाएको छ ,

कैदीहरुको चालचलन र कैद भुक्तानीको आधारमा कतारका अमिरबाट १७ नेपाली कैदीलाई आममाफीसहित रिहा गरिएको दूतावासको भनाई छ ।

Advertisement

Advertisement

Advertisement