स्वीजरल्याण्डलाई १–० ले हराउँदै स्वीडेन क्वाटरफाइनलमा

Advertisement

मस्कोः रुस विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा स्वीजरल्याण्डलाई १–० ले हराउँदै स्वीडेन क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको दोस्रो हाफमा स्वीडेनले गरेको एक गोल नै निर्णायक भयो ।

दोस्रो हाफको ६६औं मिनेटमा स्विडेनका इमेल फर्सवर्गले प्रहार गरेको बल स्वीजरल्याण्डका खेलाडीको खुट्टामा लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो । खेल अवधिभर स्वीजरल्याण्डले स्वीडेनलाई निकै दबाबमा राखे पनि गोल निकाल्न भने सकेन ।

स्विडेन फिफा विश्वकपको २४ वर्षपछि क्वार्टरफाइनलमा पुगेको छ । उक्त टोली यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा गरे पनि त्यसपछिका विश्वकपहरुमा उसको त्यति राम्रो प्रदर्शन हुन सकेन । कतिपय विश्वकपमा खेलमा उसको सहभागिता नै रहेन । समूह चरणको खेलमा स्वीडेनले दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।

Advertisement

Advertisement

Advertisement