विश्वकप फुटबलका बाँकी आठ टोली को कससँग भिड्दै, फेरि ब्राजिल नै हावी हुने संभावना

Advertisement

मस्कोः विश्वकप फुटवलको जारी २१औं संस्करणमा कुल ३२ मुलुकमध्ये २४ मुलुक पाखा लागेर अब आठ मुलुक मात्रै प्रतिस्पर्धाको तयारीमा रहेका छन् । यसअघि सम्पन्न समूह चरण र अन्तिम १६ मा उपाधि दावेदारको चर्चामा रहेका अर्जेन्टिना, जर्मनी, स्पेन जस्ता टिम घर फर्किसकेका छन् ।

बाँकी आठ टिममा पाँच पटकको विश्वकप विजेता ब्राजिल र उरुग्वेको खेल निकै आक्रामक भएकाले उनीहरु नै यस पटकको उपाधि दौडमा हावी हुने आशंका गरिएको छ । यस पटकको खेलमा स्वीडेन, आयोजक रुस जस्ता केही कमजोर मानिएका टिमले पनि आफ्नो अग्रता कायमै राखेका छन् ।

क्वाटरफाइनलमा उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा हुने छन् । क्टाटरफाइलनका खेल आगामी शुक्रबार र शनिबार दुई दुई टिमबीच हुनेछ ।

शुक्रबारः उरुग्वे–फ्रान्स, ब्राजिल–बेल्जियम
शनिबार: स्वीडेन–इङ्ल्याण्ड, रुस–क्रोएसिया

Advertisement

Advertisement

Advertisement