अभिनेत्री साम्राज्ञीको पारिश्रमिकको डिल आमाको हातमा

Advertisement

काठमाडौंः अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको डेब्यु फिल्म ड्रिम्सले उनलाई धेरै ठूलो उचाइमा पुर्याएको छ । उनी अहिलेकी सर्वाधिक डिमाण्डेड अभिनेत्री हुन् । उनलाई लिएपछि निर्माताहरु आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने ठान्दछन् ।

अभिनेत्री रेखा थापापछि नायिकाको स्टारडमको भ्याकुम साम्राज्ञीले पूरा गर्नसक्ने धेरैले विश्वास गरेका छन् । ड्रिम्स पछि ए मेरो हजुर २ बक्सअफिसमा चम्किएपछि उनको चर्चा जति बढेको छ त्यति नै पारिश्रमिकको मामलामा पनि टप स्थानमा छिन् ।

अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको फिल्म ुकायरामा उनले १० लाख पारिश्रमिक बुझेकी थिइन् । यसअघि यो रकम नेपालका कुनै पनि नायिकाले एक फिल्मबाट बुझ्न सकेका थिएनन् । आर्यनले साम्राज्ञीको स्टारडमलाई मध्यनजर गर्दै उक्त रकम सजिलै दिएका थिए ।

यो फिल्म बक्सअफिसमा सफल भए साम्राज्ञीले हिट फिल्ममा ह्याट्रिकसँगै पारिश्रमिक पनि थप चर्काउने पक्का छ । कायरा साउन १८ गतेबाट रिलिज हुँदैछ ।

पहिलो पटक चकलेटी हिरो आर्यन र अहिलेकी हट केक साम्राज्ञीको जोडी पर्दामा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो पनि अलि बढी नै छ ।

हलिउड र बलिउडको कुरा गर्ने हो भने कुनै पनि कलाकारले पारिश्रमिकको डिल आफैं गर्दैनन् । उनीहरुले त्यसका लागि एक भरपर्दो व्यक्ति हायर गरेका हुन्छन् । तर नेपालको सन्दर्भमा त्यस्तो छैन । नेपालमा प्रायः कलाकारले पारिश्रमिकको डिल आफैं गर्ने गर्छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि के आफैं गर्छिन् पैसाको डिल ? केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले यो कुराको जवाफ दिइन् । उनी भन्छिन् स्क्रिप्ट पढ्छु । राम्रो लाग्यो भने साइन गर्छु तर पैसाको डिल म गर्दिन ममीले गर्नुहुन्छ ।

साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाह हुन् । उनी गायिकाको रुपमा परिचित छिन् । साम्राज्ञीलाई आमा बिना निकै कम देख्न पाइन्छ । उनी जहाँ जान्छिन् त्यहाँ आमाको साथ छुट्दैन। धेरैले उनीहरुलाई आमाछोरी नभएर साथी भन्ने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement