आइपिओको लागि मध्य भोटेकोशीको आवेदन

Advertisement

काठमाडौंः मध्य भोटेकोशी जलविद्युत कमपनीले आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एक करोड ४४ लाख कित्ता सेयर आइपिओमा निष्काशन गर्ने अनुमति मागेको हो ।

कम्पनीले पहिलो चरणमा ऋणदाता कम्पनीका कर्मचारी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक सेयर साधारण गर्ने कम्पनीका कर्मचारीलाई एक करोड ४४ लाख कित्ता आइपिओ निष्काशन गर्ने अनुमतिको लागि धितोपत्र बोर्डमा आवेदन गरेको हो ।

मध्य भोटेकोशीले स्थानीय बासिन्दाका लागि भने दोस्रो चरणमा आइपिओ जारी गर्ने भएको छ । स्थानीय बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर बिक्री गर्नेछ । त्यसैगरी तेस्रो चरणमा सर्वसाधारण र कर्मचारीका लागि जारी पूँजीको १५ प्रतिशत अर्थात ९० लाख कित्ता सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको पहिलो चरणको आइपीओ बिक्री गर्नेमा एनआइबीएलएस क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआइएल क्यापिल रहेका छन् । मध्य भोटेकोशीको सिन्धुपाल्चोकमा एक सय दुई मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ ।

Advertisement

Advertisement

Advertisement