एक करोडको लागतमा फिटनेश सेन्टर

Advertisement

दाङः जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।

तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा
वेष्टर्न प्यालेस प्रा.लि. ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर लगायतका सुविधा रहेका छन् ।

फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । फिटनेश सेन्टरको आज तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले उद्घाटन गरे । शारीरिक संगठनका लागि फिटनेश सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने र यो स्वास्थ्यका लागि आवश्यक भएको उनले बताए।

वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालन हुनु सबैका लागि फाइदाको कुरा भएको बताए। उक्त सेन्टर बिहान पाँच बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement