धेरै दिनपछि सेयर बजारमा उच्चदरको सुधार, कारोबार पनि दोब्बरले वृद्धि

Advertisement

काठमाडौंः धेरै दिनपछि सेयर बजारमा उच्च दरको सुधार आएको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ३६ अंकले बढेको छ भने कारोबार ४६ करोड रुपियाँभन्दा बढिको छ । बुधबार एकल अंकले सुधार भएको नेप्से आज २६ अंकले बढेर एक हजार २२४ पार गरेको छ ।

सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक दुई दशमलव ६६ प्रतिशतले बढेको छ भने बीमा समूहको पाँच दशमलव ४३ प्रतिशतले र लघुवित्त समूह पाँच दशमलव ५४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल समूह तीन दशमलव २२ प्रतिशतले, विकास बैंक दुई दशमलव ६६ प्रतिशतले, जलविद्युत तीन दशमलव छ प्रतिशतले बढेको छ । बित्त र अन्य समूहको वृद्धि एक प्रतिशतभन्दा बढि छ भने सबै समूहमा सुधार आउँदा पनि उत्पादनमूलक समूहको उपसुचक भने एक प्रतिशतभन्दा बढीले घटेको छ ।

आव नेप्सेमा १६८ कम्पनीको कारोबार भएकोमा ११ वटा कम्पनीले मात्रै घाटा सहेका छन् । आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ भने राम्रो नाफा गर्नेमा युनाइटेड इन्स्योरेन्स कम्पनी छ ।

Advertisement

Advertisement

Advertisement