एक तिहाई जनसंख्यामा उक्त रक्तचाप र १५ प्रतिशतमा मधुमेह

Advertisement

काठमाडौंः राष्ट्रिय स्वास्थ शिक्षा, सुचना तथा सञ्चार केन्द्रका जनस्वास्थ अधिकृत उपेन्द्र ढुङ्गानाले नसर्ने रोगको भार बढ्दै गएको बताएका छन् ।

बिहीबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा ढुङ्गानाले भने, ‘एक तिहाई जनसंख्यामा उक्त रक्तचाप र १५ प्रतिशतमा मधुमेह, हरेक वर्ष आठदेखि १० हजार नयाँ क्यान्सर बिरामी छन् । धुम्रपान, मध्यपान, वातावरणीय पक्ष तथा खानपान जस्ता कारणले रोगको शिकार भएका छन् ।’

उनले थपे, ‘यसको रोकथामको लागि नसर्ने रोगको भार र न्यूनीकरणको लागि म स्वास्थ, मेरो देश स्वास्थ नारा सञ्चालन भएको ‘मेरो वर्ष अभियान’विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिए ।

त्यसैगरि नसर्ने रोगको न्यूनीकरणको लागि काठमाडौं महानगरपालिकाको भूमिकाको बारेमा बोल्दै काठमाडौं महानगरपालिका जनस्वास्थ विभाग प्रमुख हरिकुमार श्रेष्ठले स्वास्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेको बताए ।

उनले भने ‘धुम्रपान निषेधित सहर बनाउन हामी लागि परिरहेका छौँ । हाम्रो प्रयास जनतालाई सुचना प्रवाह गर्ने हो । स्वास्थ जीवनको लागि हामीले खेल्नुपर्ने भूमिका रहन्छ । त्यसैगरि, स्थानीय सरकारसँग पनि सहकार्य गरेका छौँ । औषधि तथा मेडिकल अफिसरसहित सामूदायिक स्वास्थ प्रवद्र्धन केन्द्र स्थापना गर्नेछौं ।’

कार्यक्रमा काठमाडौं जिल्ला जनस्वास्थ प्रमुख पर्शुराम श्रेष्ठले शारीरिक निष्क्रियता, धुम्रपान तथा मध्यपान सेवन, अस्वस्थकर खाद्यका कारण मुटु, मधुमेह, क्यान्सर जस्ता रोगको शिकार बन्ने हुँदा यसको नियन्त्रणको लागिपरेको बताए ।

उनले भने ‘हामीले यसको न्यूनीकरणको लागि सूर्ती नियन्त्रण गर्ने टिम संगठिन गरेका छौं । तनावरहित जीवनशैली, नियमित व्यायाम, नियमित स्वास्थ जाँच, पोषिलो खाना, धुम्रपान तथा मध्यपान सेवनबाट टाढै रहने जस्ता प्रतिबद्धतालाई आत्मसाथ गर्दै जनचेतना दिलाउछौँ ।’

नसर्ने रोगको बारेमा यस अभियानको एक वर्षे अभियानअन्तर्गत सरकारी र निजी स्वास्थ संस्थाहरुको सहकार्यमा स्क्रिनिङ र ट्रिटमेन्टको प्याकेज उपलब्ध गराउने, विद्यालयहरुमा प्रारम्भिक परिक्षण र चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, आधुनिक संचार माध्यम, सामाजिक सञ्जालमार्फत जनचेतना र जानकारीमुलक सामग्री प्रवाह गर्ने, ‘मेरो वर्ष’ एप्स मार्फत स्वास्थ जानकारी गराउने रहेका छन् ।

Advertisement

Advertisement

Advertisement