प्रभु बैंकको नयाँ शाखा रौतहटको परोहामा

Advertisement

काठमाडौंः प्रभु बैंकले रौतहटको परोहा नगरपालिका– ४ मा नयाँ शाखा कार्यालय सञ्चालन ल्याएको छ । स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहजरुपमा बैंकिङ सेवा पुर्याउने क्रममा यो शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । परोहा शाखाको उद्घाटन परोहा नगरपालिकाका मेयर मो. शेख वकिलले गर ।

शाखा उद्घाटन कार्यक्रममा रौतहटस्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दल प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी थिए । नयाँ शाखाबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गर्न पाउनुका साथै नगरपालिकाको विकासमा समेत सहयोग पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement