डिसहोमबाट देवी भट्टचनको राजीनामा, नयाँ अध्यक्षमा आइएमई समूहका ढकाल, चाँडै आइपीओ जारी गर्ने

Advertisement

काठमाडौंः प्रभु टिभी सञ्चालनमा ल्याएसँगै डिसहोमबाट प्रभु समूहका देवीप्रकाश भट्टचनले राजीनामा दिएका छन् भने नयाँ अध्यक्षमा आइएमई समूहका हेमराज ढकाल नयाँ अध्यक्ष भएर आएका छन् ।

प्रभु समूहले आफ्नै ब्राण्डमा नयाँ डिजिटल केवल टिभी सञ्चालनमा ल्याएपछि डिसहोमको नेतत्वबाट बाहिरिएको हो । बिहीबार बसेको डिश मिडिया नेटवर्क लिमिटेडको बैठकमा भट्टचनले राजीनामा दिएका हुन । बैंठकले भट्टचनको योगदानप्रति धन्यवाद पनि दिएको छ ।

साथैै, सोही बैठकले सुदिप आचार्यलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको छ । उनी यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृत मात्रै थिए । उनी अब कम्पनीको प्रवन्ध संचालकको भूमिकामा हुनेछन् ।

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड नेपालको पे टिभी इन्डष्ट्रिजमा काम गरेको सबै भन्दा ठूलो कम्पनी हो । गत बर्षदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेकोले चाँडै सर्वसाधारणलाई सेयर पनि जारी गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement