उरुग्वेको आत्मघाती गोल र गोलकिपरको कमजोरीको फाइदा उठाउँदै फ्रान्स सेमिफाइनलमा

Advertisement

काठमाडौंः रुस विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा फ्रान्सले २–० ले उरुग्वेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा एक गोलले अग्रता लिएको पूर्वविश्वकप विजेता फा्रन्सले दोस्रो हाफमा अर्को गोल थप्दै जारी २१औं विश्वकप फुटबल खेलमा आफ्नो विजय यात्रा जारी राखेको हो । सुरुदेखि नै निकै आक्रमक खेल खेलेको फ्रान्सले लगातार उरुग्वेलाई दबाबमा राखेको थियो भने उरुग्वे आफूले पाएको अवसर पनि पटक पटक खेर फालेको थियो ।

खेलको पहिलो हाफको ४१औं मिनेटमा फ्रान्सले पहिलो गोल गर्दै अग्रता लिएको थियो । फ्रान्सका एन्टोनियो ग्रिजम्यानले हानेको फ्रिकिक उरुग्वेका खेलाडीको हेडिङ हुँदै गोल हुन पुगेको थियो भने दोस्रो हाफको ६१औं मिनेटमा ग्रिजम्यानले नै हानेको बल उरुग्वेका गोलकिपरले नियन्त्रण गर्न नसक्दा गोल हुन पुगेको थियो ।

आजको खेलमा प्रिक्वाटरफाइनलमा दुई गोल गरेर आफ्नो टिमलाई जिताउन सफल भएका अवानीको आजको खेलमा निकै अभाव खड्किएको थियो । उरुग्वेका खेलाडीहरुमा आज तालमेलको अभाव देखिन्थ्यो । पछिल्लो समयमा उरुग्वेले आक्रमक खेल खेल्ने प्रयास गरे पनि गोल निकाल्न भने सकेन ।

Advertisement

Advertisement

Advertisement