फुटबल महारथी ब्राजिललाई घर पठाउँदै बेल्जियम सेमीफाइनलमा

Advertisement

काठमाडौंः पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिललाई हराउँदै बेल्जियम सेमीफाइनलमा प्रवेश गर्न सफल भएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमले २–१ ले ब्राजिलाई हराउँदै आफ्नो विजय यात्रा जारी राख्न सफल भएको हो ।

धेरैको अनुमानविपरितउपाधि दावेदार ब्राजिल यस पटकको विश्वकप फुटबलबाट पाखा लागेको छ । पहिलो हाफमै दुई गोल खाएको ब्राजिलले दोस्रो हाफमा एक गोल फर्काए पनि आफ्नो जित सुनिश्चित गर्न सकेन ।

बेल्जियमले १३ औँ मिनेटमा पाएको कर्णर किकबाट आएको बललाई बेल्जियमकै भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको थियो ।

फर्नान्डिन्हो म्यानचेस्टर सिटीका लागि खेल्दै आएका खेलाडी हुन । आफ्नै गल्तीले गोल खाएर पछि परेपछि ब्राजिललाई भाग्यले अघि बढन साथ दिएन । खेलको ३१औं मिनेटमा उसले अर्को गोल खायो । बेल्जियमका केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि ब्राजिल दुई गोलले पछि परेको हो ।

बल पोजेसनमा बेल्जियमभन्दा अगाडि रहेको ब्राजिलले बराबरी गर्न भने सकेन । बेल्जियमको बलियो रक्षापँती र विशेषगरी गोलकिपयरको प्रयासले उसलाई सेमीफाइनलको यात्रा तय गर्न सहज भयो । खेलको ७६ औँ मिनेटमा ब्राजिलका फिलिपे कोटिन्होले दिएको बललाई रेनाटो एग्युस्टोले हेडमार्फत गोल गरेर २–१ को स्थिति कायम गर्न ब्राजिल सफल भएको थियो । ब्राजिलका नाम चलेका खेलाडी नेमार, कोटिन्हो, पाउलिन्हो र मार्सेलोले कुनै जादु गर्न सकेनन् ।

Advertisement

Advertisement

Advertisement