उड्डयन क्षेत्रका विज्ञ राजुबहादुर केसी नेपाल वायुसेवा निगममा सल्लाहकारको रुपमा पुनः प्रवेश

raju_kc

काठमाडौंः उड्डयन क्षेत्रमा झण्डै चार दशक लामो अनुभव संगालेका राजुबहादुर केसी विज्ञको रुपमा नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशकको सल्लाहकारको रुपमा नियुक्त भएका छन् ।

निगमका कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले विमान सञ्चालनका क्षेत्रमा केसीको लामो अनुभव प्रयोग गर्न उनलाई विज्ञ एवं सल्लाहकारको रुपमा नियुक्त गरेका हुन ।

nic-asia

केसीले यसअघि ३६ बर्षभन्दा लामो समय निगममा काम गरेर केही समय संस्थाको नेतृत्वसमेत गरेका थिए । त्यसबाहेक केसीले निजी क्षेत्रको हिमालय एयरलाइन्समा समेत महाप्रवन्धको रुपमा रहेर काम गरेका थिए ।

भकाभव वाइड बडीसम्मका जहाजहरु थपिरहेको निगमले एयरलाइन्स सञ्चालनमा सहजताका लागि केसीलाई पुनः निगममा भित्राउने निर्णय गरेको हो ।