कुल २ करोड २५ लाख बैंक खातामध्ये आधाभन्दा बढि डुप्लिकेशनः शिवाकोटी

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बैंक वित्तीय संस्थामा खाता खोल्नेको तथ्याङ्क दुई करोड २५ लाख भन्दा बढि देखिए पनि एक करोड भन्दा बढि नेपालीको खाता नरहेको बताएका छन् ।

नेपाल एसबिआई बैंकको २५औं रजत जयन्ती बर्षको अवसरमा शनिबार आयोजित कार्यक्रममा शिवाकोटीले सर्वसाधारण जनताले बैंक वित्तीय संस्थामा खोलेको खातामा सत प्रतिशतभन्दा बढि डुप्लिकेशन रहेको भन्दै यो स्थिति अन्त्य गर्न र हरेक नेपालीको खाता खोल्ने सरकारी नीति कार्यान्वयन गर्न बैंकहरु बढी अग्रसर हुनुपर्ने बताए ।

उनले सरकारले अब कारोबार गर्दा चेक पनि छोडेर डिजिटल पेमेन्ट गर्ने भन्दै नगदरहित कारोबारको विकास गर्न सबै नेपालीको खाता अनिवार्य रहेको बताए । सबै नेपालीको खाता खोल्ने बाताबरण बनाउन ग्रामीण क्षेत्रमा पनि शाखा विस्तार र वित्तीय सारक्षतामा बैंकहरुले पनि काम गर्नुपर्ने शिवकोटीले बताए ।

उनले सातै प्रदेशमा प्रान्तीय अफिस खोल्न बाणिज्य बैंकहरुलाई सल्लाह पनि दिए । शिवकोटीले सरकारको प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुको लगानी बढे पनि पूरा नभएको बताए । यस क्षेत्रमा २५ प्रतिशत लगानी गर्नुपर्ने भनिएकोमा हाल २३ दशमलव तीन प्रतिशत पुगेको छ । उनले कृषि क्षेत्रमा १० प्रतिशत लगानी पुर्याउनुपर्ने भए पनि अहिले सात दशमलव चार प्रतिशत मात्रै रहेको भन्दै कृषिका साथै जलस्रोत, पर्यटन जस्ता क्षे त्रमा लगानी बढाउन जरुरी रहेको बताए ।

डेपुटी गर्भनर शिवाकोटीले भारतमा स्टेट बैंक अफ इण्डिया (एसबिआई)ले राम्रो लगानी गरेको भन्दै त्यहाँको कृषि प्रविधि नेपालमा पनि भित्राउन बैंकलाई आग्रह गरे । नेपालले विदेशी बैंकहरुको पुँजी मात्रै होइन, आफूहरुले प्रविधि पनि खोजेको बताए ।

Advertisement

Advertisement

Advertisement