अट्ठाइस बर्षपछि इङ्ल्याण्ड विश्वकप फुटबलको सेमीफाइनलमा, स्वीडेन पाखा लाग्यो

Advertisement

काठमाडौंः सन् १९६६ को विश्वकप फुटबल विजेता इङ्ल्याण्ड जारी रुस विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा स्वीडेनलाई २–० ले हराउँदै इङ्ल्याण्ड सेमीफाइनलमा उक्लिएको हो ।

खेलको पहिलो हाफमा १–० ले अग्रता लिएको इङ्ल्याण्डले दोस्रो हाफमा अर्को एक गोल थप्दै थप मजबुत हुन पुगेको थियो । इङ्ल्याण्डको निकै दबाबमा परेको स्वीडेनको आजको खेल यसअघिल्ला खेलभन्दा निकै फितलो देखिन्थ्यो ।

इङ्ल्याण्डले पहिलो गोल ३०औं मिनेटमा गरेको थियो । इङ्ल्याण्डका लागि पहिलो गोल ह्यारी मगोइरले हेडमार्फत गरेका थिए भने दोस्रो गोल ५९औं मिनेटमा गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement