पत्रकार चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग

Advertisement

काठमाडौँः नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य रामविकास चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गदै रुपन्देहीस्थित सम्मवरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ ।

यही असार २२ गते समाचार संकलानार्थ गाउँपालिकाको कार्यालय पुगेका चौधरीलाई अध्यक्ष शुक्लाले दुव्र्यवहार गर्दै हातमा समातेर गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली गोरखपुर पु¥याइदिने भनेर धम्क्याएको पीडित पत्रकार चौधरीले बताएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement