गम्भीर रोगीलाई  १२ लाख रुपियाँ सहयोग

Advertisement

ललितपुरः गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
मुटु, अर्बुदरोग तथा मिर्गौलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४-७५ मा प्रतिव्यक्ति २५ हजार रुपियाँका दरले एघार लाख ७५ हजार रुपियाँ सहयोग गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले प्रमुख महर्जनले बताए ।
आगामी आवमा समेत सो किसिमका बिरामीका लागि आवश्यक सहयोग गरिँदै जाने नगरपालिकाको नीति छ । नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement