फर्निसिङ एक्स्पो आउँदो भदौ १४ देखि १८ सम्म भृकुटीमण्डपमा

Advertisement

काठमाडौंः नेपाल फर्निचर्स तथा फर्निसिङ संघले ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ गर्ने भएको छ । संघले यहि आउँदो भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको हो ।

घर तथा भवनहरुको आधुनिक इन्टेरियर डिजाइनको माग बढ्दै गएकोले एक्स्पोको छैठौं संस्करण गर्नलागेको संघले जनाएको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्ने बताइएको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने आयोजकले दाबी गरेको छ ।

एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको छैठौं संस्करण आयोजना हुन लागेको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने आयोजकले जानाएको छ ।

Advertisement

Advertisement

Advertisement