प्रदेश ३ का साँसदहरुले सामुहिकरुपमा एभरेष्ट बैंकको खाता बन्द गरे

proviance-3-everest-bank

काठमाडौंः प्रदेश नं. ३ का साँसदहरुले सामुहिकरुपमा एभरेष्ट बैंकको खाता बन्द गरेका छन् । उनीहरुले अब उक्त बैंकसँग कुनै पनि कारोबार नगर्ने भन्दै खाता बन्द गरेर राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेका छन् ।

एभरेष्ट बैंक भारतीय लगानी रहेको बैंक हो । उक्त प्रदेशका एक साँसदले एभरेष्ट बैंकको खाता सामुहिकरुपमा बन्द गर्नुको कारण बताउन चाहेनन् । उनले कर्पोरेट नेपाललाई भने– धेरै कुरा भन्न मिल्दैन । हामी सरकारको स्वामित्व भएको बैंकसँग कारोबार गरौं भन्ने निष्कर्षमा पुगेर त्यो बैंक (एभरेष्ट)को खाता बन्द गरेर राष्ट्रिय बाणिज्य बैंकमा खोलिसक्यो ।

nic-asia-ad

उनले संसद परिसरमा चाँडै डेविट कार्ड उपलब्ध गराइदिन र मिलसम्म संसद परिसरमा एटीएमको व्यवस्था गरिदिनसमेत राष्ट्रिय बाणिज्य बैंकसँग आग्रह गरिएको बताए । एभरेष्ट बैंकमार्फत व्यक्तिगत सुचनाहरु बाहिर जाने गरेका समाचारहरु प्रकाशित हुने गरेकाले प्रदेश नं. ३ का साँसदहरुले सावधानी अपनाउन खोजेको देखिन्छ ।

राजश्व संकलनदेखि नेपालका महत्वपूर्ण निकाय र व्यक्तिहरुको कारोबार एभरेष्ट बैंकबाट गर्ने सरकारको निर्णयको लामो समयदेखि विवाद हुँदै आएको छ । सिंहदरबारभित्र एभरेष्ट बैंकको एटीएम सञ्चालन गर्न अनुमति दिने क्रममा पनि निकै आलोचना भएको थियो ।