राष्ट्रिय वाणिज्य बैकको तीन शाखा थप, कुल शाखा संख्या दुईसय नजिक

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको तीन वटा शाखा कार्यालयहरु थप भएका छन् । सिन्धुलीको मरिण–६ स्थित कपिलाकोट शाखा, बझाङको मष्टा–३ स्थित भातेखोला शाखा र र ताप्लेजुङको आठराई त्रिवेणी–३ स्थित हाङपाङ शाखाको कारोबार शुभारम्भ भएको छ ।

यससँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या १९५ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।

बैंकको हाल ७१ जिल्लामा शाखा पुग्नुका साथै १३५ एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैयमाससम्म बैंकले एक खर्व ५३ अर्ब निक्षेप संकलन र एक खर्व १२ अर्ब कर्जा लगानी गरि तीन अर्ब आठ करोड खुद मुनाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement