ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा सय नाघ्यो

Advertisement

काठमाडौंः ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवामा शतक पार गरेको छ । बैंकले सोमबार सुनसरीको बराह नगरपालीका स्थित कालाबन्जरमा आफ्नो १००औं शाखा रहित सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले शाखारहित बैंकिङ सेवाका प्रमुख रबिन्द्र ढकाल र स्थानीय एक सय पाँच वर्षिया जेष्ठ महिलाले संयुक्त रुपमा उक्त १००औं शाखाको उद्घाटन गरेको थियो । बैंकले २०६९ साल असार २० गते बर्दियाको मैनपोखरमा आफ्नो पहिलो शाखारहित बैकिङ सेवा सुरु गरेको थियो ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यो क्षेत्रका बासिन्दालाई बैंकिङ सेवाको लागि टाढा–टाढा पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले त्यस स्थानमा शाखारहित बैंकिङ सेवाको स्थापना गरीएको बैंकले जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिणकोरिया, कतार युएई, बहराइन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हाल एक सय २९ वटा शाखा, एक सय ३२ वटा एटिएम, पाँच वटा एक्स्टेन्सन काउन्टर, १४ वटा राजश्व संकलन काउन्टर र एक सय वटा शाखारहित काउन्टरबाट सेवा दिंदै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement