वामदेवले काठमाडौं उपत्यकाभरी हिउँको बर्षा गराउने !

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीका उखान टुक्कादेखि महत्वकाँक्षी कुराहरुबाट जनता रनभुल्लमा परेको बेला सोही पार्टीका अर्का नेता वामदेव गौतम ओलीभन्दा अग्रगामी बनेका छन् ।

वामदेव गौतमले लेखेको भनिएको पुस्तक ‘नेपाल नवनिर्माण महाभियान’मा काठमाडौं उपत्यकामा हिउँको बर्षा गराउनेदेखि अपत्यारिला, अनौठा र महत्वाकाँक्षी दर्जनौ कुराहरु भेटिन्छन् । काठमाडौंलाई स्वच्छ, सुन्दर, आकर्षक र पर्यावरणमैत्री बनाउन विकसित विज्ञान र प्रविधि प्रयोग गरेर हरेक चार महिनामा उपत्यका र उपत्यका वरिपरिका पहाडमा हिमबर्षा गराउने कुरा उल्लेख छ ।

गौतमले भनेजस्तो सानो र निश्चित ठाउँमा यस्तो कृतिम बर्षा गराउन सकिने भए पनि उपत्यका र यसको वरिपरिका पहाडमा हिम बर्षा गराउने प्रविधिको विकास भएको समाचार अहिलेसम्म भेटिएको छैन ।

त्यस्तै, उनले यस विकास महाभियानको सुरुमै नेपाली सेनाले सात लाखको संख्यामा रहने जवान र अधिकृतहरुको भर्ति तथा तालिम सुरु गर्ने भनिएको छ । वामदेवको यो महत्वाकाँक्षी सोच अहिले प्रतिपक्षी दलले सत्ताधारीलाई लगाएको अधिनायकवादको आरोपसँग मेल खानेखालको देखिन्छ ।

कपिलवस्तु, रुपन्देही, परासी, पाल्पा र अर्घाखाँची पाँचवटा जिल्लालाई ढिक्कै बृहत अन्तर्राष्ट्रिय विशेष आर्थिक क्षेत्र बनाउने भनिएको छ जुन आफैमा संभव देखिदैन । ती जिल्लामा बस्ने दशौं लाख मानिस विस्थापित गरेर विशेष आर्थिक क्षेत्र निर्माण गर्ने कुरा नेपाल आर्थिक र व्यवस्थापकीय रुपमा गर्नसक्ने अवस्था देखिन्न ।

महाभियानको पहिलो बर्षमै पूर्वपश्चिम औद्योगिक करिडोर र रसुवागढीदेखि बीरगञ्जसम्म ७६५ केभीको प्रसारणलाइन निर्माण गरी विद्युतीय रेलहरु सञ्चालन गर्ने, नपुगेको बिजुली बंगलादेश र चीनबाट समेत खरिद गर्ने, लण्डनको नमुनामा नेपाल–लण्डन शहर, फ्रान्सको राजधानी पेरिसको नमुनामा नेपाल–पेरिस शहर, जर्मनको राजधानी बर्दिनको नमुनामा नेपाल– बर्लिन शहर बनाउने, आधारभूत शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद, पिउने पानी राज्यले निःशुल्क गर्ने, सबै छात्रछात्रालाई निःशुल्क आधुनिक ल्यापटप दिने, स्थानीय तह र प्रदेशको विकासको लागि ५ बर्षसम्म केन्द्रले लगातार ५० प्रतिशत अनुदान दिने जस्ता थुप्रै अनौठा कुराहरु वामदेवको पुस्तकमा पढन पाइन्छ ।

आफैलाई चुनौति दिँदै वामदेवले लेखेको पुस्तकलाई ओलीले गएको पुसमा विमोचन गरेका थिए । तर, दुर्भाग्य, आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका गौतम गएको संघीय निर्वाचनमा मुलुकभर वाम गठवन्धनको पक्षमा नजिता आउँदा आफै भने रहस्यमय ढंगले पराजित भएर बसेका छन् ।



bamdev_gautam

Advertisement

Advertisement

Advertisement