त्रिशुली जलविद्युत केन्द्रमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

Advertisement

नुवाकोट: नुवाकोटको त्रिशुली जलविद्युतगृहमा मंगलबार आगलागी भएको छ । दिउँसो करिब दुई बजेदेखि सुरुभएको आगो अझै नियन्त्रणमा आएको छैन ।

नेपाल प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीयबासिन्दाहरुले आगो नियन्त्रणम लिने प्रयास गरीरहे पनि नियन्त्रणमा नआएको हो ।

विद्युतगृहको बेसपार्क पड्किए पछि आगलागी सुरु भएको थियो । आगलागी नियन्त्रणका लागि एउटामात्र दमकलको प्रयोग भएकोले समयमै नियन्त्रण लिन नसक्दा आगो फैलिएर विद्युतगृहको सबै १३ वटै बेसपार्क जलेर नष्ट भएको छ ।

आगलागीमा ठूलै क्षती भएको हुनसक्ने अनुमान लगाइएको छ । आगलागीका कारण अधिकांस स्थानमा विद्युत आपुर्ती बन्द भएको छ ।

Advertisement

Advertisement

Advertisement