होटलको रुम बुक गरेर योजनाको पैसा भकाभक बाँडिरहेको बेला मेयरसहित पाँच कर्मचारी पक्राउ

Advertisement

चन्द्रपुर । होटलको रुम बुक गरी नगरका विभिन्न योजनाहरुको पैसा बाँडिरहेको अवस्थामा गढीमाई नगरपालिकाको मेयरसहित पाँच कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

मेयर श्यामप्रसाद यादव, प्रमुख कार्यकारी अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायव सुब्बा करपुरी ठाकुर, कार्यालय सहायक अजयकुमार यादवले होटलको कोठा भाडामा लिएर योजनाको भुक्तानी दिँदै गर्दा पक्राउ गरेका हुन ।

उनीहरुले चन्द्रनिगाहपुरस्थित एक होटलको कोठा लिएर बिहानैदेखि उपभोक्ता समितिका पदाधिकारीका पदाधिकारी बोलाउँदै कमिशन माग्दै भुक्तानी दिँदै गर्दा पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयले गोप्य सूचनाको आधारमा होटलमा छापा मारी उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुबाट प्रहरीले चेक बुक र अन्य सरकारी कागजाज बरामद गरेको छ । मेयर गुप्ताले भने आफूले कुनै अनियमितता नगरेको जिकिर गर्दै हेटौंडा जाने क्रममा कार्यकारी प्रमुखले बोलाएर मात्रै होटलमा छिरेको बताएका छन् । अर्कोतिर कर्मचारीहरुले भने कार्यालयमा भिड भएर कर्मचारीको तलवको चेक काटन होटलमा आएको दावी गरेका छन् । जबकी होटल नगरपालिकाको कार्यालयभन्दा ३० किलोमिटर पर रहेको छ ।

Advertisement

Advertisement

Advertisement