त्रिशूली जलविद्युत केन्द्रमा आगलागी हुँदा २८ मेगावाट विच्छेद

Advertisement

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्र (जडित क्षमता २४ मेगावाट)को विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा मंगलबार दिउसो करिब साढे एक बजे आगलागी हुँदा २८ मेगावाट विद्युत विच्छेद भएको छ ।

आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेटकारुपमा रहेको देवीघाट जलविद्युत केन्द्र (जडित क्षमता १५मेगावाट)बाट करिब २८ मेगावाट विद्युत उत्पादन विच्छेद भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताएका छन् । भएको छ । सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीयको करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको थियो ।

यसबाट नुवाकोटका केही स्थानबाहेक मुलुकभरको समग्र विद्युत आपूर्तिमा कुनै असर नगरेको प्राधिकरणले जनाएको छ । आगलागीबाट भएको क्षतिको यकिन गर्न र मर्मतसंभार तत्काल सुरु गर्न प्राविधिक टोली परिचालन गरिसकेको जनाइएको छ ।

प्राधिकरणले विद्युत गृहमा आगलागीपछि विद्युत आपूर्ति बन्द भएका नुवाकोटका विभिन्न स्थानमा वैकल्पिक व्यवस्था गरी बुधबार १२ बजेसम्म विद्युत आपूर्ति सुचारु गर्ने भन्दै प्राधिकरणले यसका लागि ६६/११ केभीको ट्रान्सफर्मर राखी विद्युत आपूर्ति सुचारु गर्न लागेको जनाएको छ । नुवाकोटमा १३ वटा फिडरमार्फत विद्युत् आपूर्ति भइरहेकोमा विद्युत गृहमा अगलागीका कारण ७ वटा बन्द भएको छ ।

Advertisement

Advertisement

Advertisement