एनआइसी एसिया बैंकको दुई नयाँ शाखा अमरगढी र दिपायलमा

NIC_asia_bank

काठमाडौं । एनआइसी एसिया बैंकको थप दुई शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकले डडेलधुराको अमरगढी र डोटीको दिपायलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

डडेलधुरा शाखाको उद्घाटन अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा र दिपायल शाखाको उदघाटन दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले सोमबार गरे । थप शाखासँगै एनआइसी एसियाको कुल शाखा संख्या २२५ शाखा पुगेको छ ।

nic-asia-ad