उत्कृष्ट प्रदर्शनका बीच पनि बेल्जियम बाहिरियो, फ्रान्स फाइनलमा

Advertisement

काठमाडौं । जारी विश्वकप फुटबलको फाइनलमा फ्रान्स प्रवेश गरेको छ । सन् १९९८ को विश्वकप विजेता फ्रान्सले १–० ले बेल्जियमलाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो ।

जारी खेलमा लगातार विजय हासिल गर्दै आएको बेल्जियमको विजय यात्रालाई फ्रान्सले रोकिदिएको छ । पहिलो हाफमा बराबरी रोकिएका दुवै टिम दोस्रो हाफको सुरुमै फ्रान्सले कर्नर किकलाई गोलमा परिणत गर्न सफल भएको थियो ।

एन्टोइन ग्रिजमनले दिएको कर्नर बललाई हेडरमार्फत बार्सिलोनाका डिफेन्डर स्यामुएल युमिटीले ५१ औँ मिनेटमा गोल गर्न सफल भएका थिए ।

सेन्ट पिटसवर्ग स्टेडियममा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल खेलमा भएको खेलमा फ्रान्सले गरेको एक गोल नै उसलाई पुनः फाइनलमा प्रवेश गर्न पर्याप्त भयो । खेल अवधिभर बेल्जियमले निकै फ्रान्सलाई निकै दबाबमा राखे पनि धेरै पनि गोल गर्ने मौका गुमाएको थियो ।

यसअघि सन् २००६ पछि फ्रान्स फाइनलमा पुग्न सफल भएको छ । कुल तीन पटक फाइनलमा प्रवेश गर्नुका साथै एक पटक उपाधि हासिल गर्न सफल भएको फ्रान्सले अब बेलायत वा क्रोयसिया एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

Advertisement

Advertisement