देवः विकास बैंकको साधारणसभा सम्पन्न, १७.१५ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौं, असार २७ । देवः विकास बैंकको एघारौं वार्षिक साधारणसभा सुरु भएको छ । खुसिबुस्थित नेपा ब्यांकेटमा आयोजित सभाले गत बर्षको मुनाफाबाट १७.१५ प्रतिशत बोनस सेयरको प्रस्ताव पास गर्नुका साथै कम्पनीको नियमावली र प्रवन्धपत्रसमेत संशोधन गर्दैछ ।

बैंकले सेयरधनीलाई कर प्रयोजनका लागि शुन्य दशमलव ९० प्रतिशत नग द लाभांशसमेत दिने जनाइएको छ । बोनसपछि बैंकको चुक्ता पुँजी वुद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न लागिएको बैंकका अधिकारीहरुले जनाएका छन् । असार १४ सम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्नेछन ।

हाल देवः विकास बैंकको चुक्ता पुँजी एक अर्ब ६३ करोड छ । बैंकको २० लाख २० हजार कित्ता शेयर पनि लिलाम बिक्री गरिरहेकोले हकप्रद सेयरबाट चुक्ता पुँजी दुई अर्ब २८ करोड ६५ लाख ८८ हजार रुपियाँ पुग्नेछ ।

गत बर्षको मुनाफाबाट अब बितरण गरिने बोनस सेयरले बैंकको चुक्ता पुँजी दुई अर्ब ५३ करोड ३६ लाख पुग्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement