राष्ट्र बैंकले आज मौद्रिक नीति जारी गर्ने

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक बर्षका लागि बुधबार मौद्रिक नीति जारी गर्ने तयारी गरेको छ । सरकारले बजेटमार्फत लक्षित गरेको आठ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ ।

नीतिमा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने, बैंकिङ पहुँच विस्तार, नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने जस्ता कुराहरु उल्लेख हुनुका साथै व्यापार घाटा कम गरी निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनालाई सघाउने गरी नीति आउने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement