झण्डै दुईसय स्थानीय तह बैंकिङभन्दा बाहिर, क्रेडिटकार्ड प्रयोगकर्ता जम्मा ९७ हजार

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अझै १९७ स्थानीय तहमा बैंक वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेको जनाएको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिमा ७५३ स्थानीय तहमध्ये यही असार २४ गतेसम्म जम्मा ५५६ स्थानीय तहमा मात्रै शाखा पुगेको उल्लेख छ ।

सरकारले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने नीति गत बर्ष अघि सारेको थियो । सोअनुसार केही बैंकहरुले शाखा विस्तारलाई जोड दिए पनि अझै १९७ शाखा बैंकिङ क्षेत्रको पहुँचभन्दा बाहिर रहेको छ । त्यस्तै, २०७५ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या दुई हजार ९१९, विकास बैंकहरुको ९५१, वित्त कम्पनीहरुको १८३ र लघुवित्त संस्थाहरुको दुई हजार ३६५ गरी कुल शाखा संख्या छ हजार ४१८ पुगेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब चार हजार ४९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने भन्दै राष्ट्र बैंकले २०७५ वैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या दुई करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ । धेरै बैंकहरुमा खाताको डुप्लिकेशन रहेको भन्दै राष्ट्र बैंकले खाता खोल्नेको संख्या एक करोड मात्रै रहेको अनुमान गरेको छ ।

त्यस्तै, एटीएम संख्या दुई हजार ६२४ मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ४० लाख, इन्टरनेट बैकिङका ग्राहकहरुको संख्या सात लाख ८४ हजार, डेबिट कार्ड वितरणको संख्या ५२ लाख ३५ हजार र क्रेडिट कार्ड वितरणको संख्या ९७ हजार रहेको छ । अन्य विकसित मुलुकमा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या उच्च रहने भए पनि नेपालमा भने निकै निराशाजनक अवस्था छ । नेपालमा केही व्यवसायी र उच्च आयभएकाहरुले मात्रै क्रेडिटकार्ड प्रयोग गर्छन ।

Advertisement

Advertisement

Advertisement