पुँजी वृद्धिमा आंशिक सफलता

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न २८ वटा वाणिज्य बैंकमध्ये २५ वटाले तोकिएको चुक्ता पुँजी आठ अर्ब रुपियाँ पुर्याइसकेका छन् । २०७५ असार सम्म मसान्तसम्ममा दुई वटा वाणिज्य बैंकहरु चुक्ता पुँजी पुर्याउने प्रक्रियामा छन् । तोकिएको समय भित्र एयटा वाणिज्य बैंकले चुक्ता पुँजी तोकिए बमोजिम नपुग्ने राष्ट्र बैंकले जनाएको छ । २०७५ जेठ समसान्तसम्म २८ वटा वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजी दुई खर्ब २७ अर्ब ८९ करोड पुगेको छ ।

त्यस्तै विकास बैंक र वित्त कम्पनीहरु पनि तोकिएको चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेको राष्ट्र बैंकको भनाइ छ । केन्द्रीय बैंकका अनुसार ३३ वटा विकास बैंक मध्ये २१ वटाले तोकिएको चुक्ता पुँजी पुर्याएका छन्, सात वटा चुक्ता पुँजी पुर्याउने प्रक्रियामा छन्, चार वटाको चुक्ता पुँजी पुर्याउने समयावधि थप गरीएको छ भने एउटा रिजोलुसनको प्रक्रियामा छ ।

इसैगरी २५ वित्त कम्पनीहरुमध्ये ११ वटाले तोकिएको चुक्ता पुँजी पुर्याएका छन् । तीन वटा वित्त कम्पनी चुक्ता पुँजी पुर्याउने प्रक्रियामा छन्, पाँच वटा वित्त कम्पनीको चुक्ता पुँजी पुर्याउने समयावधि थम गरीएको छ भने एउटा कम्पनीको चुक्ता पुँजी नपुग्ने देखिएको छ ।

यस बाहेक चार वटा वित्त कम्पनीहरु रिजोलुसनको प्रक्रियामा र एक वित्त कम्पनी खारेजीको क्रममा रहेको छ । राष्ट्रबैंकले वित्तीय क्षेत्रको सुधारका लागि बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति सम्बन्धी प्रक्रिया र चुक्ता पुँजी वृद्धि नीति लिए पश्चात कुल एक सय ६२ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सामेल भएका छन् । यसमध्ये एक सय २१ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन् ।

Advertisement

Advertisement

Advertisement