काठमाडौं उपत्यकामा दिउँसो ट्रिपर चलाउन निषेधित

Advertisement

काठमाडौंः गृह मन्त्रालयले काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध लगाएको छ । ट्रिपरका कारण उपत्यकामा अत्याधिक सवारी दुर्घटना बढेपछी गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

अब राति आठ बजेदेखि बिहान पाँच बजेसम्म मात्रै उपत्यकाका जिल्लाहरुमा ट्रिपर सञ्चालन हुने छन् । मन्त्रालयको निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा एक सय आठ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न थिए ।

Advertisement

Advertisement

Advertisement