देवः विकास बैंकले वेष्टर्नलाई प्राप्ति गरी सबैभन्दा ठूलो विकास बैंक बन्ने

Advertisement

काठमाडौं । देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । दुवै बैंकबीच प्राप्तिसम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हो । देवःले खरिद गर्ने भएकाले वेष्टर्नको बुधबार कारोबार रोकिएको थियो ।

केही समयअघि ४० प्रतिशत हकप्रद सेयर बिक्री गरेर दुई अर्ब २८ करोड रुपियाँ पुँजी पुर्याएको देवः विकास बैंकको आजै सम्पन्न बार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट १७ दशमलव १ प्रतिशत बोनस सेयर पारित गरेको छ । यो सेयरपछि बैंकको पुँजी दुई अर्व ५३ करोड पुग्नेछ ।

यता ५० करोड ४० लाख रुपियाँ चुक्ता पुँजी रहेको वेष्टर्नलाई प्राप्ति गरेपछि देवः विकास बैंकको पुँजी तीन अर्ब नाघेर सबैभन्दा ठूलो विकास बैंक बन्नेछ । बैंकको अध्यक्ष प्राडा सुवर्ण बज्राचार्यको अध्यक्षतामा बसेको सभाले बोनस सेयरको कर प्रयोजनका लागि शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

सभाबाट देवः विकास बैंकको साथसाथै साविक युनियन फाइनान्स तथा साझा विकास बैंकको लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण समेत पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement