क्रोयसिया पहिलो पटक विश्वकप फाइनलमा, पूर्व उपाधि विजेता इङ्ल्याण्ड पाखा लाग्यो

Advertisement

काठमाडौंः पूर्व विश्वकप फुटवल विजेता इङ्ल्याण्डलाई २–१ ले हराउँदै क्रोयसिया पहिलो पटक फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा क्रोयसियाले इङल्याण्डलाई रोक्न सफल भएको हो ।

इङ्ल्याण्डको ५२ बर्षपछि फाइनलमा पुग्ने आशा अन्त्य भएको छ । पहिलो हाफमा अग्रता लिएको उसले दोस्रो हाफमा अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा क्रोयसियाले गोल बराबरी गरेपछि अतिरिक्त समयमा एक गोल थप्दै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

खेलको ५औं मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै इङ्ल्याण्डले सुरुवाती अग्रता लिएको थियो । इङ्ल्याण्डका लागि किरन टिप्परले गोल गर्न सफल भएका थिए । दोस्रो हाफको ६८औं मिनेटमा क्रोयसियाका इभान पेरिसिकले आकर्षक गोल गर्न सफल भएका थिए ।

निर्धारित ९० मिनेटमा बराबरी भएपछि अतिरिक्त समयको १०९औं मिनेटमा क्रोयसियाका मारियो मानजुकिकले अर्को गोल थप्न सफल भएका थिए । समूह चरणका तीनै खेलमा जित हासिल गरेर आएको क्रोयसिया फाइनलमा पुग्ने १३औं मुलुक बन्न सफल भएको छ । अब क्रोयसियाले पूर्व उपाधि विजेता फ्रान्सको सामना गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement