राजधानी काठमाडौंका थुप्रै ठाउँ डुवानमा, रुख ढलेर चक्रपथ अवरुद्ध (फोटो फिचर)

Advertisement

काठमाडौं । गए राति देखिको वर्षाले काठमाडौं र भक्तपुरका थुप्रै ठाउँ डुवानमा परेको छ भने रुख ढलेर चक्रपथ अवरुद्ध भएको छ । डुबानमा परेका ठाउँहरुमा उद्धारकार्य जारी छ ।

भक्तपुरको राधे राधे, ठिमी, जगातीसहित काठमाडौंका केही ठाउँ डुबानमा परेको हो । राधे राधे क्षेत्रबाट केहीलाई प्रहरीले सुरक्षित स्थानमा स्थानमा सारेको छ ।

त्यस्तै, चक्रपथको चाबहिल गोपीकृष्ण खण्डमा रुख ढलेर सडक अवरुद्ध हुन पुगेको छ । राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेको छ । कतिपयको घरभित्र पानी पसेपछि भुइँतलामा बस्ने तथा पसल र व्यवसाय सञ्चालन गर्नेहरुको बिजोग भएकको छ । घर डुवानमा परेपछि कतिपय मानिसहरु बाहिर निस्किनसमेत सकेका छैनन् ।

मध्यपुरथिमिमा अरनिको राजमार्ग डुबानमा पर्दा यातायात नै प्रभावित भएको छ । यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ ।

पहिलोले तीन जनाको ज्यान गयो
अविरल वर्षाले पहिरो जाँदा भक्तपुरमा एकै परिवारका तीनजनाले ज्यान समेत गुमाएका छन् । चाँगुनारायण नगरपालिका ७ वागेश्वरीस्थित मझुवा गाउँमा गएको पहिरोले घरसमेत बगाउँदा वृद्धवृद्धा र एक बालिकाको ज्यान गएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जस्ताले छाएको एक तले घर पहिरोले बगाउँदा घरभित्र सुतिरहेका ७० वर्षीय बुद्ध लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र अढाई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

fall_tree_chabahil_gopikrishna_ring_road



[caption id="attachment_81276" align="aligncenter" width="900"] [/caption]



Advertisement

Advertisement

Advertisement