चीनले ३४ किमी लामो काठमाडौं–नुवाकोट सुरुङमार्ग बनाइदिने

tunnel-road

काठमाडौंः नुवाकोट–काठमाडौं दुरी घटाउन सुरुङमार्ग बनाइने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकभर निर्माण गरिने विभिन्न सात वटा सुरुङ मध्ये सबैभन्दा पहिला निर्माणका लागि तयारी अवस्थामा रहेको योजनाको रुपमा टोखा–छहरे सुरुङमार्ग रहेको सडक विभागले जानकारी दिएको छ ।

चीन सरकारले बनाउन चहेको यो सुरुङमार्ग नागढुंगा सुरुङमार्ग पछिको दोस्रो रहेको अनुमान गरीएको छ । निर्माण तयारी र दातृ निकायको चासो तथा सम्भाव्यता सकिएर तयारी अवस्थामा बसेको योजनाको रुपमा यो सुरुङमार्ग रहेको विभागले जानकारी दिएको छ ।

nic-asia-ad

विभागका आुसार टोखा–छहरे सुरङमार्ग चिनियाँ सहयोगमै बनाउन सडक विभगले पहल गरेको र चिनियाँ पक्षले पनि आवश्यक चासो देखाएपछि योजना अगाडी बढेको हो ।

काठमाडौंको टोखाबाट नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग बनाउन इन्जिनियरिङ, कन्स्ट्रक्सन, प्रोक्यरमेन्ट तथा फाईनान्स (ईपीसीएफ) मोडलमा चिनियाँ कम्पनीकै प्रस्ताव आइसकेको छ । विभागले इपीसीएफ मोडलमा यो सुरुङमार्ग बनाउन सरकारलाई प्रस्ताव समेत गरिसकेको छ । वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग इपीसीएफ मोडलमा बनाउन उपयुक्त भएको बताएको छ ।

चिनियाँ कम्पनी (सीएमईसी)ले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्गदेखि सडक पनि निर्माण गर्ने गरी प्रस्ताव गरेको उल्लेख छ । प्रस्तावमा चार किलोमिटर सुरुङसहितको ३४ किलोमिटर सडक निर्माण गरिदिने उल्लेख छ । चिनियाँ कम्पनीको आवश्यक लागतको ऋण बार्षिक दुई प्रतिशत व्याजदरमै उपलब्ध गराउने गरी प्रस्ताव आएको विभागको भनाइ छ ।

काठमाडौंबाट छहरे निस्केको सुरुङमार्गको प्रयोग गरेर रसुवागढी साढे दुई घण्टामा पुग्ने गरी सडक विस्तारको काम पनि भइरहेको छ । स्थानीय यातायात र छोटो रुटको निम्ति सवारी सञ्चालन गर्न सुरुङ आवश्यक परेको हो ।

यस सरुङमार्गको निर्माणमा लागि यस अघि नै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संभाव्यता अध्ययन गरिसकेको छ । उक्त अध्ययनले यस क्षेत्रमा सुरुङमार्ग बनाउन सम्भव रहेको उल्लेख गरेको छ । यो सुरुङमार्ग बनाउन भौतिक मन्त्रालयले टोखा–गुर्जेभञ्ज्याङ सडक खण्डमा सुरुङमार्गको आर्थिक एवं प्राविधिक संभाव्यता अध्ययन गर्ने पाँच बर्षे रणनीति सार्वजनिक गरेको छ ।

रणनीतिमा चालू आर्थिक वर्ष २०७५–७६ बाट विस्तृत सम्भाव्यता अध्ययन सकेर काम सुरु गर्ने उल्लेख छ । प्रारम्भिक सम्भाव्यामा काठमाडौं टोखा सुरुङमार्ग निर्माणमा २७ अर्ब लाग्ने उल्लेख अनुमान गरीएको छ । गल्छीबाट रसुवागढी जोड्ने स्तरीय सडकसँगको पहुचका कारण यो सुरुङमार्ग प्रयोग गरेर काठमाडौं चीनबोर्डर साढे दुई घण्टाको यात्रामै तय गर्न सकिने उल्लेख छ । आगामी पाँच वर्ष भित्रै सुरुङमार्गसहितको उक्त सडक निर्माण गर्ने सरकारी योजनासमेत रहेको विभागले जानकारी दिएको छ ।